आधुनिक शैली अंगाल्दा मौलिकता गुमाउँदै देउसी र भैलो

| 2022 Oct 26 | 03:18 pm 2349

काठमाडौं, कात्तिक ९: तिहार शुरु भएसँगै टोलटोलमा देउसी र भैलो खेल्ने समूहले सबैलाई मनोरञ्जन त दिएका छन् । तर आधुनिक शैलीका कारण मौलिकता भने गुमदै गएको छ । तिहार पर्वको महत्व भाईटिकाको साथ साथै महत्वपूर्ण हिस्साको रुपमा देउसीभैलोलाई पनि लिइन्छ। तर पछिल्लो समय यसको मौलिकता हराउँदै गएको छ। तिहार सुरु भएसँगै गाउँ तथा शहर जताततै देउसीभैलोको रौनक छ।

यमपञ्चक सुरु भएपछि गाउँ, बजारमा देउसीभैलो खेल्नेहरुको भिड नै लाग्छ । तर उनीहरुले गाउने गीत र नाचमा कुनै मौलिकता भने पाइँदैन। तिहार पर्वसँग मादल, बासुरी, खैजडी लगायतका बाजा र मौलिक गीत जोडिएका हुन्छन्।

पहिलेका देउसीमा सोरठी, मारुनी नाच देखिन्थे भने आजभोलिको देउसीभैलोमा केवल ‘रेकर्डेड’ पप, आधुनिक गीत बजाउने गरिछ जसले गर्दा मौलिकता हराउदै गएको छ । परम्परागत देउसी भैलोलाई आधुनिकताले प्रभावित गरेको देखिन्छ। मादल, बाँसुरी, खैँजडी लगायतका बाजाको माध्यमबाट कथा व्यथा प्रस्तुत हुने देउसीभैलोमा हिजोआज विकृति मिसिएको देखिन्छ ।

प्रविधिको विकाससँगै आफूलाई परिमार्जित गर्नु राम्रो भएता पनि आफ्नो मौलिकतालाई भुल्नु भनेको पहिचानलाई संकटमा पार्नु हो, नयाँ पनि सिकौँ र पुरानोलाई पनि संरक्षण गरौँ अनि मात्र हाम्रो सस्कृति जोगिन सक्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.