यो दिलमा राज गर्यौ………….

रिपोर्ट नेपाल | 2022 Oct 24 | 07:27 am 2609

यो दिलमा राज गर्यौ………….
यो दिलमा राज गर्यौ मेरो मन रमायो
आशा गरेर भए पनि जिन्दगि चलिरह्यो
यि नयनले एकपल्ट तिमिलाई हेर्नुपर्यो
यो खुसि, यो उमङ्ग मेरो मन डुलिरह्यो

समिपमै रहु लाग्छ मलाई यो जिन्दगिमा
तिमि नै हौ मेरो भन्नु यो जगतमा
रमाई रह्यो मेरो मन खुसि नै खुसिमा
भन्नुपर्ने धेरै कुरा थियो केहि बोल्छु यो समयमा

खोज्दै हिडछु तिम्रो याद आई सम्झना बस्दा
आफ्नो मान्छे तिमि मेरो मनको चाहनामा रहदा
तिमि सँग रोकिए म कुन्नि के भएछ
मेरो दिलमा पनि तिम्रो लागि माया रहेछ

जिवन के हो ………
जिवन के हो ? परिभाषा खोजिरहेको छु
कहाँ पुगिन्छ यात्रामा मैले सोचिरहेको छु
टुक्रिएको मनलाई मैले जोडने कोसिस गरेको छु
जिवन के हो परिभाषा खोजिरहेको छु
दिल देखि माया गर्ने दिलमाया थियौ
सधै मलाई उनिले साथ दिई रह्यौ

जिवन के हो ? परिभाषा खोजिरहेको छु
जिन्दगिको यात्रामा तिमि सँग घुम्दैछु
जिवन के हो परिभाषा खोजिरहेको छु
कहाँ पुगिन्छ यात्रामा मैले सोचिरहेको छु

मैले तिमिलाई फर्केर……….
मैले तिमिलाई फर्केर यहाँबाट हेरिदिदा
खुसि हुन्छ मेरो मन तिमि सँग भेट हुदा
तिमि सँग बसौ भन्ने जिन्दगिको ईच्छा थियो
यो जिन्दगि मेरो कता कता हराएर गयो
जिन्दगिका सपनाहरु तिमि सँगै पुरा हुने थिए
मैले छलफल गर्न भनि तिमिलाई खोजेको थिए
भगाएर लैजान्छु तिमिलाई मैले मेरो घरमा
तिम्रो दिलमा बस्न बास माग्छु मैले जिन्दगिमा
ईश्वरले सधै खुसि दिउन प्राथना गर्दछु
तिमि सँग हास्दै ,खेल्दै म रमाउनेछु
यो क्षण जिन्दगिमा सुन्दर फुल फुलेछ
सोचहरु बदलिएर मनमा नयाँ सोच आएछ
तिमिसँग जिस्किदा मेरो मनको ढोका खुल्छ
सबैतिर बिचार गरि हेर्दा मेरो आँखा खुल्ने गर्छ

गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.