संविधान

रिपोर्ट नेपाल | 2022 Oct 22 | 07:35 pm 1813

संविधान
संविधान हाम्रो देशको शान हो
संविधान सबैको पहिचान हो

यो देशको संविधान जो छ
मौलिक हक अधिकारहरु संविधानले सुनिश्चित गरेको छ
सबै जाति , भाषा , धर्मलाई सम्मान गरेको छ
सारा नेपालिहरुको सम्मान गरेको छ

लोकतान्त्रिक व्यवस्था संविधानले सुनिश्चित गरेको छ
सबैलाई आफ्नो कर्तव्यको बोध गराएको छ
स्वतन्त्र राष्ट्रको पहिचान संविधानले दिएको छ
सबैलाई न्याय दिनु यसको उदश्ये रहेको छ

देशमा शान्ति सुरक्षा प्रदान गर्न संविधानले बोलेको छ
संबिधानले नै देशलाई धर्म निरपेक्ष बनाएको छ
देशमा न्याय नपाएर रुनुपर्ने छैन
खान नपाएर भोको पेटमा बस्नुपर्ने छैन

बस्ने बास नभएकालाई बस्ने झुपडि बनाउनेछ
सबै गरिव वर्गलाई निशुल्क उपचारको व्यवस्था गर्ने छ
गरिवि र विरोजगारहरुलाई रोजगारिको व्यवस्था गर्ने छ
स्वतन्त्र बाच्ने अधिकारको र गास, बास , कपासको सुनिश्चित गर्नेछ

देशमा लोकतान्त्रिक गणतन्त्रको व्यवस्था गरेको छ
संविधानले सबैलाई समान अधिकार दिएको छ
सबै देशबासिलाई मार्गदर्शन गरेको छ
सबै गरिव वर्गलाई निशुल्क उपचारको व्यवस्था गर्ने छ

गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.