धादिङ, साउन २२ : धादिङको बेनिघाट रोराङ गाउँपालिका -५ मा बोलेरो जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । बेनिघाटबाट गोरखा फुजेलतर्फ जाँदै गरेको बा १३ च ७७०१ नम्बरको जिप मंगलबार दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटना घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेमध्ये गोरखा जिल्ला गण्डकी गाउँपालिका ५ बस्ने ३५ वर्षकी मधु पन्थ, ४५ वर्षकी एकमाया थापा मगर, ४५ वर्षकी बेनीमाया श्रेष्ठकाे अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएकाहरूलाई काठमाडौंस्थित ट्रमा सेन्टरमा पठाइएको छ । अन्य ७ जना घाइतेहरूको राजमार्ग अस्पताल मलेखुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।