कांग्रेस उपसभापति धनराज गुरुङ सवार गाडी दुर्घटना

| 2022 Oct 21 | 05:44 pm 1033

काठमाडौं, कात्तिक ४ः नेपाली कांग्रेसका उपसपभापति धनराज गुरुङ सवार गाडी दुर्घटनामा परेको छ । स्याङ्जा–२ का कांग्रेस उम्मेदवार गुरुङ निर्वाचन प्रचारको क्रममा शुक्रबार दुर्घटनामा परेका हुन् ।

समाजिक सञ्जाल ट्विटरमार्फत उनले कालिगण्डकी–६ बाट फर्कने क्रममा गल्याङ बटुवामा दुर्घटनामा परेको जानकारी दिएका छन् । ‘सामान्य दुर्घटना !’, गुरुङले ट्विटरमा लेखेका छन्, ‘कालिगण्डकी–६ इम्सिलको कार्यक्रमबाट फर्कने क्रममा गल्याङ बटुवामा सामन्य दुर्घटना ! हामी सबै सुरक्षित छौं’, उनले लेखेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.