पश्चिम नवलपरासी, कात्तिक २ः जिल्लाको प्रतापुर गाउँपालिका २ र रामग्राम नगरपालिका ५
स्थित भैरहवा परासी राजमार्गबाट बुधबार करीव ९० लाख रुपैयाँ बराबरको ८ सय ४० बोरा अवैध चिनी सहित दुई वटा ट्रक सशस्त्र प्रहरिले नियन्त्रणमा लिएको छ ।
ना ६ ख २१९७ र लु १ ख ९८७१ नम्बरको ट्रकमा लोड गरी राखेको उक्त चिनी र ट्रक सशस्त्र प्रहरी बल नेपाल बिओपी हरपुर र महेशपुर भन्सार कार्यालयले बरामद गरेको हो ।
बरामद चिनी तथा दुई वटै ट्रक आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाईएको छ ।