ताप्लेजुङको मैवाखोलामा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

रिपोर्ट नेपाल | 2022 Oct 19 | 07:57 am 1613

ताप्लेजुङ, कात्तिक २ः जिल्लाको मैवाखोला गाउँपालिकामा भएको ट्याक्टर दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ।

तेल्लाबुङबाट मैवाखोला गाउँपालिका वडा नं ५ जाने क्रममा ५६५५ नम्बरको ट्याक्टर दुर्घटनामा परेकाे हाे।

दुर्घटनामा परी गाडी साहु र चालक समेत रहेका मैवाखोला गाउँपालिका वडा नं ५ काम्साङ बस्ने ३१ वर्षीय पासाङ शेर्पा, निजका सहोदर भाई २४ वर्षीय फुर्वा शेर्पा, मैवाखोला गाउँपालिका वडा नं ४ ओदक बस्ने पासाङ छेटु शेर्पाका छोरीद्धय १७ वर्षीया छोरी लाकी शेर्पा र २२ वर्षीया शर्मिला शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (डिएसपी) कैलाश राईले जानकारी दिए। घटनाको विस्तृत विवरण संकलन भइरहेकोे प्रहरीले जनाएको छ। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.