लुकाई छिपाई ल्याएको भारतीय र नेपाली रुपैयाँ सहित ३ पक्राउ

रिपोर्ट नेपाल | 2018 Aug 07 | 06:41 pm 4183

काठमाडौं, साउन २२: लुकाई छिपाई ल्याएको भारतीय २ लाख ६३ हजार २ सय रुपैयाँ र १ लाख नेपाली रुपैयाँ सहित ३ जनालई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर हेटौडा उपमहानगरपालिका १० घर भएका ५० वर्षीय ज्योती रत्न बज्राचार्य, हेटौडा उपमहानगरपालिका ३ घर भएका ६१ वर्षीय हरि शरण श्रेष्ठ र हेटौडा उपमहानगरपालिका २ घर भएका ५९ वर्षीय प्रेम लाल श्रेष्ठ रहेका छन्।

काठमाडौं दक्षिणकाली नगरपालिका ५ फर्पिङ बजारमा हेटौडाबाट काठमाडौं आउदै गरेको बा.६ च ३७७९ नम्बरको कार जाँच गर्नेक्रममा चालक प्रेम लाल समेत ३ जनालई उक्त नगद सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धानका लागि प्रहरीले राजश्व अनुसन्धान बिभाग हरिहरभवन ललितपुर पठाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.