धनकुटामा ६७औं प्रहरी दिवस भव्यताका साथ सम्पन्न

| 2022 Oct 17 | 08:08 pm 1841

धनकुटा, असाेज ३१ः ६७औं प्रहरी दिवस २०७९ जिल्ला प्रहरी कार्यालय धनकुटामा भव्यताका मनाइएको छ । कार्याक्रमका प्रमुख अतिथि धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, जिल्ला प्रहरी कार्यालयका धनकुटाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारी, भिम दल गण सल्लेरी धनकुटाका प्रमुख सेनानि, छिन्ताङ सशस्त्र प्रहरी गुल्म धनकुटाका सप्रनाउ, राष्ट्रिय अनुसंधान कार्यालय धनकुटाका प्रमुख अनुसंधान अधिकृत, बिभिन्न
संघ संस्थाका प्रमुख, पूर्व प्रहरी कर्चारीहरु, अमर प्रहरीका आफन्त, पत्रकार, भद्र भलादमी, प्रहरी अधिकृत तथा जवानहरुले जिल्ला प्रहरी कार्यालय धनुकटामा अबस्थित अमर प्रहरी
स्मारकमा पुष्पहार अर्पण गर्दै कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय राजारानीमा कार्यरत प्रहरी निरीक्षक सुवास भट्टराईले प्रहरी महानिरिक्षक धिरज प्रताप सिंहले प्रहरी दिवसको अवसरमा सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई दिएका शुभकामना सन्देश वाचन गरेर सुनाएका थिए ।

कार्यक्रममा प्रमुख अतिथी धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले कर्तब्य पालनाको शिलशिलामा वीरगती प्राप्त गर्ने अमर प्रहरीका आफन्तहरु दुर्गा लिंखा राई, अर्जुन थापा, रत्न बहादुर राई र कमला पुरी आचार्यलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै प्रहरी चौकी डाँडाबजार धनकुटाको लागि अमुल्य जग्गा नि:शुल्क प्रदान गर्ने जग्गादाता धनकुटा साँगुरीगढी गापा ५ बस्ने दिपक बस्नेत, प्रहरी चौकी मुलघाट धनकुटामा प्रतिक्षालय निर्माण गरी सहयोग गर्ने धनकुटा नपा ९ का तिलक बहादुर घिमिरेलाई कदर पत्र द्वारा सम्मान गरेका थिए ।

त्यसैगरी जेष्ठ पूर्व प्रहरी कर्मचारी धनकुटा नपा ४ बस्ने जेष्ठ सदस्य (८० बर्ष) का पूर्व प्रहरी सहायक निरीक्षक झपड प्रसाद घिमिरेलाई कदर पत्र द्वारा सम्मान गर्नुका साथै सामुदायिक प्रहरी साझेदारी कार्यक्रम कार्यन्वयमा प्रभावकारी ढंगबाट सहयोग पुर्याउने हिले माध्यमिक विद्यालय धनकुटा नपा १ का शिक्षक खगेन्द्र प्रसाद आचार्य, रहुसाडेक नेपाल/ हाम्रो बहुमुखी पाठशाला धनकुटा नपा ७ का सरोज भुजेललाई १ नं.प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट प्रदान गरिएको कदर-पत्रले सम्मान गरेका थिए ।

यसैगरी उनले उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु क्रमश प्रहरी नायब निरीक्षक डम्बर बहादुर
थापा, प्रहरी सहायक निरीक्षक शान्त कुमार पाण्डे, प्रहरी बरिष्ठ हवल्दार तारानाथ लावती, प्रहरी सहायक हवल्दार लाल बहादुर कार्की, सागर थापा , प्रहरी जवान बिपन तामाङ र बिक्रम
कार्की समेतलाई नगद पुरस्कार सहित सम्मान गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.