गाँजासहित एक जना पक्राउ 

| 2022 Oct 16 | 08:02 pm 1113

सर्लाही, असाेज ३०ः जिल्लाको मलंगवा नगरपालिका १ भैडैयास्थित सीमा ईलाकाबाट असोज ३० गते सशस्त्र प्रहरीले करीव १० के.जी. गाँजासहित भारतमा घर बताउने २७ वर्षिय नुर मोहमदलाई पक्राउ गरेको छ ।

बी.आर. ३० जेट ६४६६ नम्बरको मोटरसाईकलमा नेपालबाट भारततर्फ जाँदै गरेका उनलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी खुटौनाले पक्राउ गरेको हो ।

पक्राउ परेका मोहमदलाई बरामद गाँजा तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको
लागि जिल्ला प्रहरी कार्यालय मलंगवामा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.