अपहरण गरी हत्या गरेको अभियोगमा तीन जना पक्राउ

रिपोर्ट नेपाल | 2022 Oct 14 | 05:31 pm 1609

मोरङ, असाेज २८ः सिरहा गोलबजार नगरपालिका-३ बस्ने १७ वर्षीय अंशु सदाको अपहरण गरी हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धनुषा कमला नगरपालिका-६ बस्ने १९ वर्षीय राकेश ठाकुर, मोरङ रतुवामाई नगरपालिका-५ बस्ने २६ वर्षीय मनोज कार्की र धनुषा कमला नगरपालिका-६ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

अपहरण पश्चात फिरौतीको रकम लिन विराटनगर महानगरपालिका-९ माछापुच्छ्रे बैंक पुगेका ती १८ वर्षीय किशोरलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो ।

अंशुको हत्या गरी विराटनगर महानगरपालिका-११ स्थित गेष्ट हाउसको कोठामा लोबेडभित्र तन्नामा पोको पारी शव राखेको थप अनुसन्धानको क्रममा खुल्न आएपछि घटनामा संलग्न राकेश र मनोजलाई समेत प्रहरीले पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.