चितवन, असाेज २८ः पूर्वी चितवनको रत्ननगरमा रहेको पल्पी जुस उत्पादन गर्ने उद्योगमा आगलागी भएको छ। आज बिहान सवा चार बजेको समयमा रत्ननगर १० कैलाश योल स्थित भेषराज दवाडीले सञ्चालन गरेको युनाइटेड बेभरेज प्रा लि को पल्पी जुस प्लान्टमा आगलागी भएको हो। विद्युत् सर्ट भई आगोलागी भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। अहिले पनि आगो पूर्ण नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
आगो निभाउनका लागि खैरहनी नगरपालिकाका २ र भरतपुर महानगरपालिकाको १ गरी ३वटा दम्कल प्रयोग गरिएको छ। अहिलेसम्म मानवीय तथा पशु चौपायको क्षति नभएको र बाहिरी खतरा नरहेको प्रहरीले जनाएको छ। आगो पूर्ण रुपमा नियन्त्रणमा आउन केही समय लाग्ने बताइएको छ।