बारा, असाेज २६ः जिल्लाको प्रसौनी गाउँपालिका–५ प्रस्टोका गाउँ नजिकै एकै परिवारका तीन जना मृतावस्थामा भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार प्रसौनी गाउँपालिका–५ प्रस्टोका गाउँ भन्दा २ किलोमिटर उत्तरमा २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाको राजवीर चौधरी मृत भेटिएका हुन् ।
ढोरा खोला किनारमा तीनै जनाको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एकै परिवारका तीन जना मृत भेटिएका र प्रहरी टोली घटनास्थलमा पुगिसकेको जनाएको छ । अहिले घटनाबारे थप अनुसन्धान भइरहको बताइएको छ ।