सशस्त्र प्रहरीद्वारा बिलकाे भन्दा बढी समान बाेकेका तीन ट्रक नियन्त्रणमा

| 2022 Oct 11 | 06:54 pm 1409

बारा, असाेज २५ः सशस्त्र प्रहरीको गस्ती टोलीले बिलमा उल्लेख भए भन्दा बढी समान बाेकेका तीन वटा ट्रक नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।

बिशेष सूचनाको आधारमा गस्ती टोलीले ट्रक नियन्त्रणमा लिएर चेक जाँच गरेका हो । जय माँ दुर्गा रोड क्यारियर्सबाट लोड भएको ना ३ ख १००९ , श्री दुर्गा रोड क्यारियर्सबाट लोड भएको ना ६ ख ७१ र श्री दुर्गा रोड क्यारियर्स बाटै लोड भएको ना ६ ख १८७८ ट्रकमा २३ लाख भन्दा बढीको कस्मेटीक सामान, लेडिज जुत्ता, स्टेसनरीको सामान, ईलेक्ट्रिक सामान रहेको पर्साको सशस्त्र प्रहरी प्रवक्ता डिएसपी सन्तोष कुमार बस्नेतले जानकारी दिए ।

करिब १ करोड १३ लाख बराबरको ट्रक सहितको समान राजस्व कार्यालय पथलैयामा बुझाइएको बस्नेतल जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.