नेपाली सेना लघु चलचित्र प्रतियोगिता-२०७९ संचालन हुने

| 2022 Oct 11 | 03:17 pm 1533

काठमाडाैं, असाेज २५ः गौरवमय इतिहास र राष्ट्रिय सुरक्षाको अभिभारा बोकेको नेपाली सेनाले नेपाली सेनासँग सम्बन्धित गतिविधि तथा नेपाली सेनाको छवि उजागर हुने गरी २०६७ सालबाट लघु चलचित्र प्रतियोगिता आयोजना गर्दै आएकोमा यस वर्ष पनि सो प्रतियोगितालाई निरन्तरता प्रदान गर्दै लघु चलचित्र प्रतियोगिताको ११ औं संस्करण नेपाली सेना लघु चलचित्र प्रतियोगिता-२०७९ संचालन गर्न लागेको जानकारी गराएकाे छ ।

लघु चलचित्र प्रतियोगितामा भाग लिन ईच्छुक व्यक्ति तथा संघ/संस्थाले नेपाली सेना सम्बन्धि रचनात्मक तथा नागरिक दृष्टिकोणमा नेपाली सेना र सेनाले गरेका एवं गरिरहेका कार्यहरु झल्किने विषयवस्तुहरुमा आधारित रही प्रतियोगितामा भाग लिन सक्नेछन् ।

साथै, उक्त प्रतियोगिता सम्बन्धि जानकारी तपशिल बमोजिम रहेको र सो सम्बन्धि थप जानकारी नेपाली सेनाको आधिकारिक वेबसाईट ( www.nepalarmy.mil.np ) तथा नेपाली सेनाको फेसबुक पेजमा समेत राखिएको जानकारी गराएकाे छ ।

कार्यक्रम
फर्म वितरण मिति : २०७९ कार्तिक १४ गतेदेखि
फर्म बुझ्ने अन्तिम मिति: २०७९ कार्तिक १८ गतेसम्म ।
अन्तरक्रिया कार्यक्रम: २०७९ कार्तिक २४ गते ।
स्क्रिप्ट बुझाउने अन्तिम मिति : २०७९ मंसिर २६ गतेदेखि ऐ.२८ गतेसम्म (कार्यालय समयमा) ।
स्थान: श्री जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डा ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.