काठमाडौं, असाेज २१: मंसिर ४ गते हुने निर्बाचनका लागि उम्मेदवार छान्न कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठक डाकेका छन्।
बैठकमा आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार चयन गर्ने विषयमा छलफल हुने बताईएको छ ।
विहीबार विहान ९ बजे कार्यसम्पादन समितिको बैठक बोलाइएको भएपनि गठबन्धन बैठकमा कारण बस्दै नबसी स्थगित भएको थियो ।
जनता समाजवादी पार्टीले सिट बाँडफाँटमा असन्तुष्टि जनाउँदै आएकोले सत्ता गठबन्धन अझै सहमतिमा पुग्न नसकेको हो। बालुवाटारमा बस्ने कार्यसम्पादन समितिको बैठकमा कांग्रेसले टिकटको टुंगो लागेको ठाउँमा उम्मेदवार चयनबारे छलफल हुने बताइएको छ।