पूर्वकप्तान लामिछानेलाई लगाइएको हथगडी प्रति सर्बत्र बिरोध

| 2022 Oct 07 | 09:45 am 1881

काठमाडौं, असाेज २१: नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई त्रिभुवन विमानस्थलमा हथगडी लगाएर नियन्त्रणमा लिइए पछि यसको चर्को आलोचना भएको छ । उनले हथगडी छोप्न रुमालको प्रयोग गरेका थिए ।

पूर्वकप्तान सन्दीप लामिछाने माथि १७ वर्षीया नाबालिकमाथि बलात्कारको आरोप । धेरैको ध्यान सन्दीपभन्दा पनि उनको हातमा लगाईएको हथगडीमा गएको थियो । आत्मसमर्पण गरेको व्यक्तिलाई हथगडी किन लगाएको भनी सामाजिक सञ्जालमा प्रश्नहरु ओइररिएका छन् ।

पूर्वकप्तान लामिछानेले बिहिबार कतारबाट विमान चढ्नु अघि आफू सरकारको आधिकारिक निकायमा प्रस्तुत हुने उल्लेख गरेका थिए । उनले प्रहरीलाई लिखित रुपमा जानकारी गराइसकेको र प्रहरीमा पुग्ने बताएका थिए । लामिछानेले आफूमाथि लागेको बलात्कारको आरोपबारे छानविनका लागि अनुसन्धान र कानूनी प्रक्रियामा सहयोग गर्ने उल्लेख गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.