गृहमन्त्री खाण चुनाव नलड्ने

रिपोर्ट नेपाल | 2022 Sep 29 | 02:09 pm 2981

काठमाडौं, असोज १३ः नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाण आगामी मंसिर ४ गते सम्पन्न हुने निर्वाचनमा रुपन्देही क्षेत्र नं. ३ बाट आफ्नो टिकट र समानुपातिकबाट श्रीमती मञ्जु खाणको टिकट पक्का पक्की भएपछि पार्टीको हित हुन्छ भने आफू चुनाव नलड्न तयार रहेको बताएका छन् ।

बिहीबार बिहान नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्य समितिले राखेको दशैंको शुभकामना तथा घोषणा पत्र सम्बन्धी सुझाव संकलन कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै गृहमन्त्री खाणले संतुलन गरेर गठबन्धन नगर्दा एमालेको निरंकुशता र संविधानको रक्षा गर्न नसकिने भएकोले गठबन्धनलाई असर पर्ने भए आफू चुनाव नलड्न तयार भएको बताएका थिए ।

No description available.

गठबन्धन एक किसिमले नराम्रो भए पनि देश, संविधानको रक्षाका लागि आवश्यक रहेको खाणको तर्क थियो । राष्ट्रपति विद्यादेवी भण्डारी संविधानको रक्षक हुनुपर्नेमा एमालेको नेताका रुपमा कार्य गर्दै प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित नागरिकता विधेयक पारित नगरेर संविधान उलंघन गरेको खाणको आरोप थियो ।

नेपाली नागरिकलाई नागरिकता बिहीन बनाउन राष्ट्रपति भण्डारीले संविधानलाई ठाडो चुनौती दिएको पनि खाणको भनाई रहेको थियो ।

गृहमन्त्री खाणले नागरिकता विधेयक प्रमाणिकरण नगरेर लाखौं नेपालीको नागरिक बन्ने अधिकार खोस्दै उनीहरुको मानव अधिकारको चिर हरण गरेको पनि बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीको द्धैध चरित्रका कारण नागरिकता विधेयक राष्ट्रपति ले प्रमाणित नगरेको भन्दै काठमाडौंमा बोल्दा सिक्कीम हुन्छ भन्ने तराई मधेसमा नागरिक बिहीन बनाउन नहुने भनेर बोल्ने गरेको खाणको आरोप थियो ।

कार्यक्रमको सभापतित्व गरेका लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले गठबन्धनको नाममा अल्पमतले बहुमत पछि पार्न नहुने कुरामा नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.