भरूवा बन्दुकसहित दुई प्रकाउ

रिपोर्ट नेपाल | 2022 Sep 28 | 04:36 pm 1649

अर्घाखाँची, असोज १२ः भरूवा बन्दुकसहित २ जनालाई प्रहरीले प्रकाउ गरेको छ । पक्राउ पर्नेमा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका १ ओखट्टे बस्ने ४० वर्षीय जितेन्द्र भुसाल र ३७ वर्षीय पर्शुराम खनाल  रहेका छन् ।

भरुवा बन्दुक साथमा लिई हिंडेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी ढाकावाङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए ।

उनीहरूको साथबाट एक थान अवैध भरुवा बन्दुक बरामद गरिएको उनले बताए। दुवै जनालाई हातहतियार खरखजानाको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.