रवीन्द्र मिश्र राप्रपा प्रवेश

रिपोर्ट नेपाल | 2022 Sep 28 | 04:30 pm 1149

काठमाडौं, असोज १२ः विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका छन्।

मिश्र बुधबार काठमाडौंमा एक कार्यक्रमबीच राप्रपा प्रवेश गरेका हुन्। पार्टी प्रवेश कार्यक्रममा ब्राह्मण बटुकहरुले स्वस्तिवाचन र शङ्खघोष गरेका थिए। राप्रपा र रवीन्द्र मिश्र समूहबीच एकता भएको हो।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयतामा रहने गरी वरिष्ठ उपाध्यक्ष पदसहित मिश्र राप्रपामा प्रवेश गरेका हुन्। यसअघि सोमबार मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका थिए। मिश्र काठमाडौं–१ बाट चुनावी प्रतिस्पर्धाको तयारीमा छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.