अवैध सालको गाेलीया काठसहित मानिस पक्राउ

रिपोर्ट नेपाल | 2022 Sep 28 | 03:17 pm 2677

तनहुँ, असाेज १२ः सालकाे अवैध गाेलिया काठसहित एक जनालाई मंगलबार प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा तनहुँ भानु नगरपालिका वडा नं.८ देउराली बस्ने बर्ष ४० का थमन
नेपाली  रहेका छन् ।

उनलाई प्रहरीले भानु नगरपालिका वडा नं. ९ काउरेटार स्थितमा देउरालीटारबाट बाईसजाँगर तर्फ आउदै गरेको नेपालीले चलाएको ग १ त ४२०२ नं.को ट्याक्टरलाई चेक जाँच गर्ने क्रममा त्रिपालले छोपीएको अवस्थमा २१ गोलिया ५३.८८ क्युफिट अवैध सालको काठ फेला पारी
निज थमन नेपालीलाई नियन्त्रणमा लिई बरामद सालको काठ र ट्याक्टर सहित फेला पारेकाे थियाे ।

पक्राउ परेका नेपालीलाई अनुसन्धानका लागि डिभिजन वन कार्यालय, दमौली तनहुँमा पठाईएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.