सल्यानमा जीप दुर्घटना, ८ को मुत्यु एक घाइते

| 2022 Sep 28 | 07:01 am 1633

सल्यान, असोज १२ः सल्यानमा भएको जीप (डबल क्याब) दुर्घटनामा परी आठजनाको मुत्यु भएको छ ।

रा १ ज ५६३ नम्वर जीप (डबल क्याब) विहान साडे तीन बजे कपुरकोट गाउँपालिका ६ रिम जलवाङगमा भएको सल्यानका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए ।

दुर्घटनामा परी मुत्यु हुनेमा अधिकांश कपुरकोट ६ का स्थानीय रहेका छन् । एकजना घाइतेको उद्धार गरी उपचारका लागि पठाइएको छ ।

घटनास्थलमा प्रहरीसहित कपुरकोट गापा अध्यक्ष दुर्गाबहादुर पुन, गापाका स्वास्थ्यकर्मी, स्थानीयहरु उद्धारमा खटिरहेका छन् । बाँकेको ढकेरीकाे बिहेबाट फर्कदै गरेका व्यक्तिहरु दुर्घटनामा परेको बुझिएको छ ।

जिपमा सवार नौजना रहेको कपुरकोट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष होमबहादुर खड्काले जानकारी दिए । विस्तृत विवरण आउन बाँकी छ । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.