काठमाडौं, असोज १०ः नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारले प्रधान न्यायाधिश चोलेन्द्र शमशेर राणालाई नजरबन्दमा राखेको आरोप लगाएका छन् ।
नेता कोइरालाले प्रतिनिधि सभाको कार्यकाल सकिए सँगै प्रधान न्यायाधिश माथि लगाइएको महाअभियोग स्वत निस्कृय भएको बताएका छन् ।
जुन संसदले अभियोग लगायो त्यो संसदको अविधि सँगै अभियोग निस्कृय भएको नेता कोइरालाको तर्क थियो ।
रिपोर्ट नेपालको जिज्ञासामा नेता कोइरालाले प्रधान न्यायाधिशलाई नजर बन्दमा राखेर सरकारले लोकतन्त्रको खिल्ली मात्रै उडाएनकी मानवअधिकारको समेत उलंघन गरेको बताए ।
चुनावी अभियानका लागि गृह जिल्ला पुगेका कोइरालाले महाअभियोग अर्को संसदमा जान्छ भन्नु पनि गलत भएको बताएका छन् ।