भरुवा बन्दुकसहित कपिलवस्तुमा एक पक्राउ

रिपोर्ट नेपाल | 2022 Sep 24 | 07:29 pm 1169

कपिलवस्तु, असाेज ८ः जिल्लाकाे शिवराज नगरपालिका ३ बलुहवाबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही शिवराज नगरपालिका ३ बलुहवाका २७ वर्षीय प्रेम थारु रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए।

बलुहवाबाट उत्तर जंगलतर्फ जाँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक घलेले बताए। थारुको साथबाट एक नाले भरुवा बन्दुक, प्लाष्टिकको डब्बामा रहेको सय ग्राम बारुद र पाँच पिस छर्रासहित प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.