काठमाडौं, असोज ७ः राजधानीको बुद्धनगरमा संचालित बुद्धनगर पार्टी प्यालेसका संचालक तथा समाजसेवी विष्णुप्रसाद भण्डारीको समाजसेवा प्रतिको लगावको उच्च सम्मान गर्दै नेपाल सरकारले जनसेवाश्रीबाट विभुषित गर्ने भएको छ ।
गत असोज ३ गते संविधान दिवसका अवसरमा समाजसेवी भण्डारीलाई उक्त पदकद्वारा सम्मान गर्ने घोषणा भएको हो । नेपाल लायन्स फाउण्डेशनका प्रमुख रहेका भण्डारीको सकृयतामा बाढी पहिरो देखि भुकम्प जाँदा विभिन्न ठाउँमा पुगेर सहयोग गरिएको थियो ।
गुल्मी जिल्लाको साविक हुँगा गाविसमा जन्मीएर कर्मथलो राजधानीलाई बनाएका भण्डारीले गुल्मीकै एक मुटु मुटुरोगी बालक ९ वर्षीय भुवन पन्थीलाई बाचुन्जेल औषधी मुलो गर्ने बचन दिई औषधी पठाइरहेका छन् ।
सिटिजन कलेज तथा सनसाइन इस्कुलको संचालक समितिको अध्यक्ष रहेका भण्डारीले शिक्षाको गुणस्तर किताबमुखी नभएर बैज्ञानीक र व्यवहारीक हुनुपर्ने भन्दै त्यसका लागि लागी परेका छन् ।
२०७२ सालको भुकम्पमा समाजसेवी भण्डारीले आफ्नो पार्टी प्यालेसमा थुप्रै आश्रीतलाई भोजनका साथै आवासको व्यवस्थापन गरेका थिए । नेपाल क्याटरिङ तथा पार्टी प्यालेस संघका उपाध्यक्ष रहेका विष्णु भण्डारीको सकृयतामा विभिन्न जिल्लामा बृहद स्वास्थ्य शिविर भएका थिए ।
अहिले एकथरी मान्छेहरु समाजसेवाका नाममा मेवा खान पल्कीएका समयमा भण्डारीले त्यस्ता स्वयम् घोषित समाजसेवीलाई चुनौती दिएका छन् ।
सरकारबाट जनसेवाश्रीबाट सम्मानीत हुने भएपछि आफ्नो प्रतिकृया दिदै यसले मलाई अवका दिनमा सामाजिक कार्य गर्नका लागि थप हौसला गरेको छ भन्दै यो पदकको गरिमालाई आफूले गर्वका साथ उचो राख्ने पनि भण्डारीको भनाई रहेको छ ।