‘दुई तिहाई बहुमतको आधारमा प्रधानन्यायाधीशमा प्रस्तावित जोशीलाई अश्वीकार गरे’- नेता कार्की

| 2018 Aug 06 | 03:32 pm 1997

काठमाडौं, साउन २१ :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम अस्वीकार गरेरकोमा कांग्रेसले प्रधानमन्त्रीमाथि नैतिकताको प्रश्न उठाएको छ । कांग्रेसलो सरकारले न्यायालयमाथि हस्तक्षेप गरिएको भन्दै प्रधानमन्त्रीमाथि नैतिकताको प्रश्न उठाएको हो ।

कांग्रेसका समिति सदस्य समेत रहेका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले यसको नैतिक जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने बताएका छन्। सोमबारको प्रतिनिधिसभामा बोल्दै कार्कीले प्रधानमन्त्री अध्यक्ष रहेको संवैधानिक परिषद्को निर्णयबाट प्रधानन्यायाधीशमा सिफारिस गर्ने प्रधानमन्त्रीले जिम्मेवारी लिनुपर्ने बताए।

उनको प्रश्न थियो, ‘दीपकराज जोशी अयोग्य हुन् भने त्यो नाम लाई सिफारिस गर्ने समितिका अध्यक्ष प्रधानमन्त्री ओली के गर्ने हुन्? नैतिक जिम्मेवारी लिने कि नलिने?’ उनले थपे, ‘जोशी अस्वीकृत भएको अवस्थामा प्रधानमन्त्री त्यो पदमा बस्न नैतिक रुपमा बस्न मिल्छ कि मिल्दैन?’ कार्कीले दुई तिहाईको बलमा न्यायपालिकामाथि सरकारको नेतृत्व गरिरहेको दल नेकपाले हस्तक्षेप गरिएको बताए। उनले भने, ‘दुई तिहाई बहुमतको आधारमा प्रधानन्यायाधीशमा प्रस्तावित दीपराज जोशीलाई अश्वीकार गरेर न्यायपालिकामाथि हस्तक्षेप गरियो।’ उनले अगाडी भने, ‘बिना आधार रहस्यमय तरिकाबाट हस्तक्षेप गरियो। यसले यो सरकार संविधान मान्दैन भन्ने प्रष्ट देखियो।’

जोशीलाई संसदीय सुनुवाइ समितिको साउन १८ गते बसेको बैठकले प्रधानन्यायाधीशमा अस्वीकृत गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.