जबरा सर्वोच्च जान पाएनन्, निवासमै रोक

| 2022 Sep 18 | 01:27 pm 1061

काठमाडौं, असाेज २ः सर्वोच्च अदालत जाने तयारीमा रहेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बालुवाटारस्थित सरकारी निवासमै रोक लगाइएको छ ।

उनी बाहिरिने गेटमै बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । महाभियोग निष्क्रिय भइसकेपछि हाजिर हुन नदिएर सरकारले आफूलाई नजरबन्दमा राखेको अभिव्यक्ति दिएका छन् ।
संसदको कार्यकाल सकिएसँगै आफूमाथि लागेको महाभियोग निष्क्रिय भएको तर्क गर्दै जबरा आज सर्वोच्च जाने तयारीमा थिए ।

उनले आफू सर्वोच्च आउने र त्यसको तयार गर्न सर्वोच्च प्रशासनलाई शनिबार नै जानकारी गराएका थिए । जबरा अदालत आउने जानकारी पाएपछि सर्वोच्च बार एसोसिएनले पनि आकस्मिक बैठक डाकेर सर्वोच्च प्रवेशमा रोक लगाउने निणर्य गरेको छ । अहिले सर्वोच्च परिसर र बालुवाटार गेटमा सुरक्षा कडा पारिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.