काठमाडौं, साउन २१: भक्तपुरको काँडाघारीबाट अपहरणमा परेका बालक निशान खड्का मृत अवस्थामा फेला परेका छन् । आइतबार साँझ अपहरणमा परेको भनिएका बालक निशान खड्का सानोठिमी पछाडी एक नयाँ बन्दै गरेको घरको साइडमा हत्या गरी खाडल खनेर पुरेको अवस्थामा फेला परेको बुझिएको छ ।
प्राप्त समाचार अनुसार बालकलाई अपहरण गर्ने अपहरणकारी अजय तामाङ र गोपाल तामाङको प्रहरी कार्वाहीमा मृत्यु भएको बुझिएको छ । बालकको अपहरणको विषयमा प्रहरीले अनुसन्धान गरीरहेको छ ।