नेपाल नगरपालिका संघ लुम्बिनीको अध्यक्षमा गुल्मीका पन्थी

रिपोर्ट नेपाल | 2022 Sep 15 | 05:49 pm 3085

लुम्बिनी प्रदेश, भदाै ३०ः नेपाल नगरपालिका संघ लुम्बिनी प्रदेशको अध्यक्षमा गुल्मीका खिलध्वज पन्थी निर्वाचित भएका छन् । रुपन्देहीको लुम्बिनीमा भएको प्रदेशको भेलाले गुल्मीको रेसुंगा नगरपालिकाका प्रमुख पन्थीलाई सर्वसम्मत निर्वाचित गरेको हो ।

लुम्बिनी प्रदेशका नगर प्रमुख, उपप्रमुख एवं प्रमुख प्रशासकीय अधिकृतहरुको अभिमुखीकरणको अवसरमा भएको नगरपालिका संघको अधिवेशनबाट रेसुंगा नगरपालिकाका प्रमुख पन्थीको नेतृत्वमा १५ सदस्यीय समिति गठन भएको छ ।

अध्यक्षमा निर्वाचित भएपछि बोल्दै पन्थीले सबै नगरका समस्या साझा हुनेभएकोले आफूले सबैसँग सहकार्य गरेर अगाडि बढ्ने बताए । सबै नगरका प्रमुख र उपप्रमुखले जनताको अपेक्षा अनुसार काम गर्न चाहेकोले सबै मिलेर जनताको जीविकोपार्जनलाई माथि उकास्ने कार्यमा एकताबद्ध हुने पनि पन्थीले बताएका छन् ।

लुम्बिनी प्रदेशमा ४ उपमहानगर र ३२ नगरपालिका गरि ३६ नगरहरु नगरपालिका संघ अन्तर्गत रहेका छन् । नेपाल नगरपालिका संघ लुम्बिनी प्रदेश अध्यक्ष बनेका रेसुंगा नगरपालिका गुल्मीका प्रमुख पन्थी नेपाली काँग्रेस गुल्मीका सभापति समेत हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.