किन प्रचण्डनै भावी प्रधानमन्त्री ?

रिपोर्ट नेपाल | 2022 Sep 15 | 01:42 pm 16993

गंगा रावत (सागर)

२०११ मंसिर २६ ढिकुरपोखरी २ कास्कीमा जन्मिएर सामन्ती एकात्मक राज्य ब्यवस्था परिवर्तनका निम्ति २०५२ साल देखिको महान जनयुद्धको सर्वाेच्च कमाण्डरको रुपमा झण्डै १३ वर्ष भूमिगत जीवन बिताइ २०६२/६३ को जनआन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गरि खुला राजनीतिमा प्रवेश गरेका उनै सफल राजनेता पुष्पकमल दाहाल (प्रचण्ड) ।

No description available.

उनी, राष्ट्रघाती सन्धी सम्झौताहरुको खारेजी, सहअस्तित्वको साझेदारी र पुनरावलोकन खोज्छन् अनि दर्जनौ सरकारी उद्योग र संस्थानहरु कौडीको मूल्यमा लिलाम गर्दै अर्थतन्त्र तहसनहस पार्दै सरकारी संरचना र सम्पत्ति निजीकरण गर्ने दलाली भ्रष्ट नेताहरुका शृङ्खला बिरुद्ध देशको आर्थिक हित, समृद्धि र स्वाधीनताका पक्षमा आफैलाइ सतिसालझै खडा गर्छन् ।
उनी, राष्ट्रिय स्वाधीनता बिरोधि बाह्य हस्तक्षेप र ज्यादतीको विरोध रोज्छन्, पशुपतिमा दक्षिणी हस्तक्षेप बिरुद्ध नेपाली पूजारी रोज्छन् भने सेनापती प्रकरणको सम्झौता बिरुद्ध प्रधानमन्त्री त्यागि सामुहिक सझा सपनाका निम्ति ठूलठूला जोखिमहरु रोज्छन् ।
हो उनै प्रचण्ड, पुन प्रधानमन्त्री बन्दा केपी बिखण्डन बिरुद्ध राष्ट्रिय एकताका निम्ति हिमाल, पहाड र तराई जोड्छन् भने बिरोध र दवाव बीच निर्वाचन सम्पन्न गर्दै संविधान जारी गरी कार्यान्वयन गर्छन् । संसद विघटन र पार्टी बिभाजन रोज्ने केपी कदम बिरुद्द बैचारिक राजनितिक रुपमा धुवाधुवा जुधि प्रतिगमन परास्त गर्दै ब्यवस्था र कम्युनिस्ट आन्दोलन जोगाउँछन् । लेण्डुपे कांग्रेस र एमाले हरुका हुबहु राष्ट्रघाती MCC पासको चर्को वकालत बिरुद्द प्रचण्ड दुरदर्शि कमाण्डमा सडक, सदन, सरकारमा एकसाथ आन्दोलन गर्छन् । उपलब्धिमा दुरदर्शि व्याख्यात्मक घोषणा सोही संसद देखि पास गर्न बाध्य पार्छन् ।
हो मात्र एक उनै नेता, राष्ट्रघाति सन्धि सम्झौता छोडि विवादको घेरा तोडि देशको स्वाधिनता भित्र सहअस्तित्वको एजेण्डा बोक्छन् अनि देशका युवा पुस्ता गुलाम बन्नुपर्ने अवस्था अन्त्य गर्न वाइसीएल, नेपाल मार्फत कहिले उत्पादन ब्रिगेड त कहिले युवा आत्मनिर्भर पार्ने अभियानको बिगुल ठोक्छन् ।
तर बिडम्बना आज उनै म भुलि हामी रोज्ने संकुचित ब्याक्तिवाद सामुहिक उद्देश्यमा घुलित पार्दै अवस्था बदल्ने सामुहिक सामाजिक सपनाका निम्ति अहोरात्र आफैलाई समर्पित गर्ने राजनेता प्रचण्डकै कमाण्ड लडि ल्याएको गणतन्त्रको रसपान गर्दै भ्रष्टाचारको खोल भित्र किस्तिमा नदिनाला, राष्ट्रिय उद्योगहरु र सम्पदा उपर लिलाम बोल्नेहरुनै रातारात बिकासवादी र राष्ट्रवादी जामा भिरी निर्लज्ज भावी प्रधानमन्त्री घोषणा मारिरहेछन् । अनि केही हुल तिनैलाई राष्ट्रवादी र बिकासवादि तोक्दै निर्लज्ज आइ लब यु बा भन्दै चिच्चाइरहेका छन् । कोहि बार्दली देखि घाम ताप्दै खोक्रो राष्ट्रवादको जोक मार्छन भने उनैका भजनमण्डलिका उत्सृङ्खल पात्रहरु आगनिमा ब्यवस्था बिरोधि भजन गाइरहेका छन् । संघियता खारेज गरौं । हो यी यस्ता दलाल नकावधारी राष्ट्रवादी सल्बलाई रहदा भित्रिएको वैदेशिक हस्तक्षेपको अन्ते, ओझेलको अवस्था बदल्ने एजेण्डाको सम्बोधन र दलाल पूंजीवाद मुक्त सामाज निर्माण केवल उनै चुनौतिका पहाड भित्र सम्भावना रोज्ने अनि समस्याका चाङ भित्र समाधान खोज्ने राष्ट्रघातका काल, राष्ट्रवादका सतिसाल अध्यक्ष प्रचण्ड नेतृत्वबाट मात्र सम्भव बनेको छ ।

No description available.
अत एकातर्फ ब्यवस्थाको रक्षा र समृद्ध देश निर्माणका निम्ति उनैको नीति उनै प्रचण्डकै नेतृत्व निर्माणमा सिङ्गो देश जुट्नु अनिवार्य भएको छ भने उनैलाई आगामी चुनावी मैदानबाट समृद्ध नेपाल निर्माणको नेतृत्वका निम्ति भावी प्रधानमन्त्री बनाउँने कर्ममा एकजुट पहल गर्नु छ । भने वर्तमान नेपाललाई निर्दिष्ट भविष्यको हाम्रो समाजवाद प्राप्तिको गन्तव्यमा पुर्याउन केवल देशको भावी प्रधानमन्त्री उनै चतुर, दुरदर्शि र डाइनामिक नेता प्रचण्डनै बन्नु पर्छ भने यो ऎतिहासिक जिम्मेवारीका निम्ति देशभक्त गणतन्त्रवादी हरुको एकबन्दी सहित प्रतिगामी र पश्चगामीलाई पराजयको चोट अनि अवस्था परिवर्तनका निम्ति माओवादी केन्द्रलाई मङ्सिर ४ मा भोट हाली गणतन्त्रका प्रायवाचि, जनयुद्धका नायक उनै राष्ट्रपिता प्रचण्डलाई भावि प्रधानमन्त्री बनाउने दिशामा अघि बढौं ।

(लेखक नेकपा माओवादी केन्द्र निकट वाइसियल नेपालका केन्द्रीय सदस्य हुन्। )

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.