काठमाडौं, साउन २१: प्रहरीले दुर्इ किलो रुबीसहित एक जनालार्इ पक्राउ गरेको छ।
काठमाडौंबाट सोमबार बिहान ललितपुरका दिपक सिजापतिलार्इ पक्राउ गरको प्रहरीले जनाएको छ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीले ४० किलो अवैध सुपारीसहित एक जनालाई आइतबार पक्राउ गरेको थियो।
जिल्लाको देवानगञ्ज गाउँपालिका–४ स्थित हनुमान मन्दिर नजिकबाट नेपालबाट भारततर्फ बा ३९ प १९७५ नम्बरको मोटरसाइकलमा अवैधरुपमा लगिरहेको अवस्थामा सुपारीसहित एक जनालाई पक्राउ गरेको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए।
नेपालबाट भारततर्फ सुपारी तस्करी भइरहेको छ भने खबरको आधारमा ४० किलो सुपारीसहित देवानगञ्ज–१ का २३ वर्षीय सन्तोषकुमार मेहतालाई पक्राउ गरिएको हो।
पक्राउ परेका सुपारी, मोटरसाइकल आवश्यक कारवाहीका लागि सुनसरी भन्सार कार्यालय कोशी ब्यारेज सेतुबन्ध बुझाइएको प्रहरीले जनाएको छ।