आइजीपीको नाममा डिएसपी सिंहको आतंक

रिपोर्ट नेपाल | 2022 Sep 12 | 06:04 pm 6269

जनकपुर, भदौ २७ः प्रहरी महानिरीक्षक (आइजीपी) धिरजप्रताप सिंहको सिग्नल मिलेको भन्दै डिएसपी बरुण सिंह नेतृत्वको टोली यतिखेर दुई नम्बर प्रदेशका सबै नाका खुलाउन सकृय भएर लागेका छन् ।

डिएसपी सिंहले आइजीपी सिंह अमेरिकाबाट फर्किएपछि जिल्ला प्रहरी कार्यालय पर्साका एसपी रमेश बस्नेत सहित स्कारपीयो गाडी लिएर निवासमा भेट गरेपछि ग्रीन सिग्नल मिलेको भन्दै तस्करसँग मिलेमतो गरिरहेका छन् ।

डिएसपी बरुण सिंह सँगसँगै इनेष्पेक्टर उमाशंकर साह, गोविन्द कर्ण (प्रदेश) डिआइजीका पीए, रुद्र कणेल, सई सागर राणा लगायतको टोली गएको पनि डिएसपी सिंहले तस्करसँग खुलाएका छन् ।

आएजीपी अमेरिका गएका बेला रोकिएको लाइन यतिखेर सूचना संकलनका लागि खटिएका घुमुवाहरुले खोलिदिएका छन् । मध्य रातमा खोलीने नाकाबाट सटिङ सुटिङका कपडा, कुर्ता सुरुवाल, चिनी भित्रि रहेको छ ।

ईलाका प्रहरी कार्यालय माडंर सिरहाबाट सुपारी तस्करी भइरहेको समाचार प्राप्त भएको छ । केही समय अघिसम्म लाइन खोल्न लगाउने प्रदेश कमाण्डर डिआइजी मसउद आलम खाँ भने यतिबेला निरिह बनेका छन् ।

डिएसपी बरुण सिंहको टोलीले अहिले डिआइजीलाई पुछपाछ नै गरेको छैन । दुई नम्बर प्रदेशको लाइन सफा गरेपछि डिएसपी बरुण सिंह, इनेष्पेक्टर उमाशंकर साह लगायत सात जनाको टोली स्कारपीयो लिएर एक नम्बर प्रदेशको झापा पुगेको बताइन्छ । एक नम्बर प्रदेशमा को सँग कस्तो कुरा भयो त्यो भने थाहा पाउन सकिएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.