लहानमा समाजसेवा गर्ने नयाँ संस्थाको सुरुवात

रिपोर्ट नेपाल | 2022 Sep 12 | 03:17 pm 2241

  • महेश सिंह

सिरहा, भदौ २७ः लहानमा समाजसेवा गर्ने एउटा नयाँ संस्थाको सुरुवात भएको छ। गरिब, दलित, सिमान्तकृत र बिपन्न बर्गहरुको सहारा बन्न लहान नगरपालिका ८ मा समृद्धी प्रतिष्ठान नाम गरेको संस्थाको सरुवात भएको छ।

No description available.

रामनारायण मेहताको अध्यक्षतामा सुरु भएको बैठकबाट समाजमा सबैको भलो र हितमा काम गर्ने संस्थाको नमाकरण गरी संस्थाको रुप रेखा दिई अभियानको रूपमा लाग्ने अध्यक्ष मेहताले बताए।

No description available.

समाजमा आई पर्ने बिपत् ब्यवस्थापनमा काम गर्ने अभिप्रायले काम अगाडि बढाउने पहिलो चरणको बैठकले निर्णय गरेको छ। समृद्धी प्रतिष्ठान नाम गरेको संस्थामा सबै बर्ग समुदायका ब्यक्तिहरुलाई विभिन्न पदमा पदको जिम्मेवार बनाई काम अगाडि बढाउने बताए।

No description available.

दोश्रो चरणको बैठकको निर्णयबाट कामको नितिगत छलफल गरी काम अगाडि बढाइने संस्थापक अध्यक्ष राम नारायण मेहताले बताए। यो संस्था पूर्ण रूपमा समाजिक संस्था रहने उनले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.