दानपेटिका फुटाइ नगद चोरी गर्ने पक्राउ

रिपोर्ट नेपाल | 2022 Sep 12 | 12:52 pm 1877

मकवानपुर, भदाै २७: मन्दिरको दान पेटिका फुटाई नगद चोरी गर्ने किशोरलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका – ७ निवासी १६ वर्षीय किशोर रहेका छन् ।

हेटौंडा–६ गौरीटारस्थित श्री कृष्ण प्रणामी मन्दिरको दान पेटिकाबाट गत भदौ २४ गते नगद चोरी भएको थियो । मन्दिर संरक्षण समितिले दिएको निवेदनको आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

चोरी गरी लगेको नगद  ३ हजार ५१० रुपैयाँसहित ती किशोरलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.