तनहुँमा लडेर गर्भवती महिलाको मृत्यु

रिपोर्ट नेपाल | 2022 Sep 12 | 10:35 am 2361

तनहुँ, भदौ २७ः घाँस काट्ने क्रममा लडेर तनहुँकी एक गर्भवती महिलाको आईतबार साँझ मृत्यु भएको छ । मृत्यु हुनेमा ऋषिङ्ग गाउँपालिका–३ सोलुङ्ग निवासी २४ वर्षीया दरिमाया थापा रहेकी छन् ।

घर नजिकको खर बारीमा घाँस काट्ने क्रममा लडेर घाइते भएकी थापाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए ।

शनिवार ५:३० बजे थापा लडेर घाइते भएपछि उपचारको लागि दमौली अस्पतालमा ल्याइएको उनले जानकारी दिए । मृतक थापाको पेटमा ७ महिनाको गर्भ रहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.