८२ जना विद्यार्थी चालकहरू ट्राफिक प्रहरीको कारवाहीमा

| 2022 Sep 06 | 12:48 pm 1581

काठमाडाैं, भदाै २१ः स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तरगत आज ८२ जना विद्यार्थी चालकहरूलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज बिहान गरिएको चेकिङमा कागजपत्र साथमा नभएका ५१ जना, सवारी चालक अनुमति पत्र प्राप्त नगरेका २४ जना, नम्बर प्लेट दुरुस्त नभएका ४ जना, तीन जना राखी मोटरसाईकल चलाउदै गरेका १ जना, तीव्र गतिमा जिग ज्याक चलाउने १ जना, हेल्मेट नलगाएका १ जना गरि ८२ जना विद्यार्थी चालकलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरी उपरिक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिएका छन् ।

साउन ३० गतेबाट शुरू भएको स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अभियानमा हाल सम्म१ हजार १६५ जना विद्यार्थी चालकलाई ट्राफिक प्रहरीले विभिन्न कसुरमा कारवाही गरिसकेको छ ।

मापसे गरी सवारी चलाउने २ जनालाई अभद्र व्यवहारमा मुद्धा

मदिरा पिएर सार्वजनिक भाडाको ट्याक्सी र एम्बुलेन्स चलाउदै गर्दा रात्रीकालिन चेकिङमा भेटिएका २ जनालाई चालकलाई ट्राफिक प्रहरीले आवश्यक कारवाहीको लागी सम्बन्धित वृतहरूमा पठाएको छ ।

काठमाडौंको हलचोकबाट गएराती साढे ९ बजे, पक्राउ परेका बा२ज ४६ ५९ नम्बरको ट्याक्सी चालक नुवाकोटको बेलगडी नगरपालिका ५ घर भएका रन्जन अधिकारीले मदिरा सेवन गरेको पाइएकाले उनलाई ट्राफिक प्रहरीले ट्याक्सी सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको
लागि प्रहरी वृत्त स्वयम्भुमा बुझाएको छ ।

यस्तै, मदिरा पिएको अवस्थामा प्रदेश २–०२–००१च ०१ ८१ नम्बरको एम्बुलेन्स चलाउदै गरेका चालक धनुषाको ढल्केवरका ३५ बर्षीय कमल बहादुर श्रेष्ठलाई पनि गएराती ११ बजे, काठमाडौंको महाराजगंजबाट नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागी प्रहरी वृत्त महाराजगंजमा बुझाइएको छ ।

मा.प.सेको कसुरमा कारवाहीमा परेका दुवै चालकलाई सम्बन्धित वृत्तहरूले अभद्र व्यवहारको कसुरमा मुद्धा दायर गर्न म्याद थपको लागी जिल्ला अदालत पठाएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरी उपरिक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिएका  छन् ।

मादक पदार्थ सेवन गरी सवारी साधन चलाएका उनीहरुलाई कारबाही गर्न खोज्दा ट्राफिक प्रहरीमाथि नै अभद्र व्यवहार गरेको समेत पाईएको छ । प्रहरी वृत्तहरूमा बुझाइएका दुवै
चालकलाई अभद्र व्यवहारको कसुरमा मुद्धा चलाउन म्याद थपका लागि आजै जिल्ला अदालत पठाइएको छ ।

सार्वजनिक सवारी साधनका चालकहरुले मापसे गरेर सवारी साधन चलाउन थालेपछि दुर्घटनाको जोखिम बढेकाले सम्भावित दुर्घटनालाई रोक्नका लागि ट्राफिक चेकजाँचलाई तिव्रता दिईएको समेत प्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक भट्टले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.