नेकपाका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ल बाराको कलैया उपमहानगरपालिका वडा नं २३ अन्तर्गतको मोतीसर चोकदेखि बैराठपुर, भतौडा, गंगापुर हुँदै श्री ३ चन्द्र माविसम्मको बाटालाई कालोपत्रे गर्नका लागि शिलान्यास गरेका छन् । शहरी विकास मन्त्रालयको सहयोगमा सो सडक कालोपत्र हुँदैछ । प्रचण्डपथ नाम रहने करिब ९ किलोमिटर सो सडक निर्माणका लागि ४८ करोड ९३ लाख ३८ हजार लाग्ने भएको बताइएको छ । सडकको चौडाइ नाला दुवैतिर छाडी ३० फिट रहने पनि जनाइएको छ ।