भारतीय सेनाध्यक्ष पाँडे नेपाल आइपुगे

रिपोर्ट नेपाल | 2022 Sep 04 | 05:48 pm 1809

काठमाडौं, भदौ १९ः भारतीय सेनाध्यक्ष जनरल मनोज पाँडे आइतबार नेपालमा आइपुगेका छन्। प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा भारतीय सेनाध्यक्ष पाँडे आइतबार दिउँसो पाँच दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका हुन्।

पाँच दिने नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्ने कार्यक्रम रहेको छ। उनले प्रधानसेनापति शर्मासँग भेटघाट एवम् छलफल गरेपछि भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोग स्वरूप प्रदान गरिने विविध सामग्रीको हस्तान्तरण गर्ने कार्यक्रम रहेकाे छ।

राष्ट्रपति भण्डारीले भारतीय सेनाध्यक्ष पाँडेलाई एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ। नेपाली सेना र भारतीय सेनाबीच यस्तो परम्परा रही आएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.