सुत्केरी बेथा लागेको चार दिनपछि गर्भवतिको हवाइ उद्धार

रिपोर्ट नेपाल | 2022 Sep 03 | 01:59 pm 1561

सुर्खेत, भदाै १८ः चार दिन देखि सुत्केरी बेथा लागेर बच्चाको जन्म दिन नसकेकी जाजरकोट नलगाड नगरपालिका –८ की २७ वर्षीया लक्ष्मी ओलीलाई हवाइ उद्धार गरिएको छ ।

ओलीलाई राष्ट्रपति उद्धार कोषमार्फत नेपाली सेनाको पश्चिम हवाइ बेसबाट गएर हेलिकोप्टरले आज बिहान उद्धार गरी प्रदेश अस्पताल सुर्खेत ल्याएको हो ।

लुपाना घरमा सुत्केरी बेथा लागेर दल्लीस्थित नगर अस्पतालमा ल्याएर चार दिनसम्म उपचार गर्दा पनि सुत्केरी हुन नसकेपछि प्रदेश अस्पतालमा ल्याएर उपचार सुरु गरेकोको नलगाड नगरपालिकाका नगरप्रमुख डम्वर रावतले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.