विभिन्न मुद्दाका फरार २ जना प्रतिबादी पक्राउ

| 2022 Sep 02 | 04:04 pm 1473

बर्दिया, भदाै १७ः सम्मानित बर्दिया जिल्ला अदालतको लगत नं. १६२८, मिति २०७५।२।४ गते को फैसला आदेशले ८ वर्ष कैद सजाय भई फरार रहेको प्रतिबादीलाई प्रहरीले पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा बर्दिया साबिक बानियाभार गा.बि.स. वडा नं. १ हाल बारबर्दिया न.पा. वडा नं. १ बस्ने वर्ष ४४ का मुक्ति थारु रहेका छन् ।

उनलाई ईलाका प्रहरी कार्यालय बानियाभार बर्दियाबाट खटिएको प्रहरी टोलीले घरमै लुकीछिपि बसीरहेको अवस्थामा शुक्रबार  बिहान फेला पारी पक्राउ गरी सम्मानित बर्दिया जिल्ला अदालत समक्ष उपस्थित गराईएकोमा अदालतको आदेशले बर्दिया कारागार कार्यालय चलान गरिएकाे छ ।

त्यसैगरी लहान थारुको जाहेरीले बादी नेपाल सरकार प्रतिबादी भएको नकवजनी चोरी मुद्धामा सम्मानित बर्दिया जिल्ला अदालतको फैसलाले लगत कट्टी नं. १०४४ मा रु ८०,१०० र १ महिना ५ दिन कैद सजाय तोकिएका बर्दिया राजापुर न.पा. वडा नं. १ टिउनी बस्ने वर्ष २६ का समिर चौधरीलाई पनि प्रहरीले पक्राउ गरेकाे छ ।

लुकीछिपि बसेको अवस्थामा गत मंगलबार सोनपुर बजारमा ईलाका प्रहरी कार्यालय राजापुर बर्दियाबाट खटिएको प्रहरी टोलीले फेला पारी पक्राउ गरी सम्मानित बर्दिया जिल्ला अदालत समक्ष गराईएकोमा अदालतको आदेशले उनलाई बर्दिया कारागार कार्यालय चलान गरिएकाे प्रहरी नायब उपरीक्षक हिक्मत बहादुर बाेहराले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.