बैतडीमा यात्रुवाहक बस दुर्घटना

| 2022 Sep 02 | 07:31 am 2509

बैतडी, भदाै १७: बैतडीमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । महेन्द्रनरबाट मेलौली गइरहेको ना ७ ख २५७० नं को पवनदुत रात्रीबस दशरथचन्द राजमार्गको पाटन नगरपालिका ८ स्थित हरिचन मोडमा दुर्घटना भएको हो ।

बस शुक्ररबार बिहान करिब ४ बजे दुर्घटनमा परेको खोडपे प्रहरी चौकीका प्रमुख ऐन बहादुर पालले जानकारी दिए । बसमा सवार सबै सकुशल रहेको उनले बताए । केहीलाई समान्य चोटपटक लागेको भए पनि उनीहरुको सिद्धेश्रवर स्वास्थ्य चौकीमा उपचार भइरहेको उनले बताए । बस सडकबाट अन्दाजी १० मिटर तल खसेको छ । अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.