चुनावमा १० हजार लौरो किन्न अर्थ मन्त्रालयद्वारा सहमति

| 2022 Sep 01 | 06:42 pm 1473

काठमाडाैं, भदाै १६ः मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि प्रहरीलाई १० हजार लाठी (लौरो) किन्न अर्थ मन्त्रालयले सहमति दिएको छ । १० हजार लाठी र गोली बोक्न प्रयोग गरिने बिन्दुली किन्न अर्थ मन्त्रालयले ३० लाख बजेट स्वीकृत गरेको हो ।

मन्त्रालयले १० हजार लौरो र बिन्दुली खरिद गर्न बजेट स्वीकृत गरेको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकारीले बताए । प्रहरी कर्मचारीले कम्मरमा बाँधेर गोली बोक्ने बिन्दुलीमा ५० राउण्ड गोली अट्छ ।

प्रहरीले नयाँ खरिद गर्ने लाठी म्यादी प्रहरीले बोक्न पाउँदैनन् । १ लाख १५ हजार म्यादी प्रहरीले आफ्ना लागि आवश्यक लाठी आफैंले व्यवस्था गर्नुपर्ने गरी प्रहरी प्रधान कार्यालयले कार्यविधि बनाइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.