पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

| 2022 Sep 01 | 11:25 am 2465

पर्वत, जिल्लाको मोदी गाउँपालिका–५ अम्बोट नजिक भ्यापलेमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको छ।

तीन दिनदेखि लगातार वर्षाका कारण बाटो माथिबाट खसेको पहिरोले आज बिहानदेखि लोकमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले जानकारी दिए। वर्षा नरोकिएकाले माथिबाट ढुङ्गा झरेको हुँदा सडक खुलाउन मुस्किल भएको उनको भनाइ छ।

पहिरो पन्छाउन डोजर र स्काभेटर तयारी अवस्थामा राखिएको छ। पानी पर्न छाडेपछि पहिलो हटाइने न्यौपानेले बताए। यसअघि मंगलबार पनि त्यही ठाउँमा पहिरो खसेको थियो। पहिरोका कारण गन्तव्यतर्फ हिँडेका यात्रु बाटोमै अलपत्र छन्। केही यात्रु हिँडेरै गन्तव्यतर्फ लागेका बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.