निलम्बित प्रधानन्यायाधीशसँग ४४ प्रश्न सोध्ने तयारी

रिपोर्ट नेपाल | 2022 Sep 01 | 07:24 am 1401

काठमाडौं, भदाै १६ः निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूमाथि लागेको महाअभियोग आरोपबारे ‘भावनात्मक’ जवाफ दिएका छन् । उनीमाथि संसद्को महाभियोग सिफारिस समितिले आज बिहीबार फेरि बयान लिँदै छ ।

समितिमा बुधबार उपस्थिति राणासँगको बयान नसकिएपछि बिहीबार बिहान ११ बजे फेरि बोलाइएको हो ।

बुधबार ४ प्रश्नको जवाफ

सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समिति बैठक कक्षमा बुधबार ‘महाभियोग’bout तपाईंको के छ धारणा ? भनेर उहाँसँग सोधपुछ ग-यौं,’ नेपाली कांग्रेस सचेतकसमेत रहेका महाभियोग सिफारिस समिति सदस्य मीन विश्वकर्माले भने, ‘उहाँले यो अभियोग किन लगाइयो ? किन छलफलमा आयो ? भन्ने जिज्ञासा राख्नुभएको छ ।’

राणाले ‘सीमाबाहिर प्रतिरक्षाका लागि केही कुरा राख्न खोजेको’समेत विश्वकर्माले उल्लेख गरे । ‘संविधानको व्यवस्थाले न्यायपालिकाभित्र भएका सबै गतिविधि र फैसलाको जिम्मेवारी प्रधानन्यायाधीशले लिनुपर्नेमा उहाँले अरूको टाउकोमा थुपार्न खोज्नु नै सीमा बाहिरको हो,’ उनले थपे ।

समिति सदस्य नेकपा एमाले सांसद कृष्णभक्त पोखरेलले ‘बुधबार चारवटा मात्र प्रश्न सकिएको’ बताए । राणालाई सोध्न ४३ प्रश्न तयार पारिएको छ । समिति बैठकमा राणाले ‘आफूमाथि महाअभियोग लाग्नुमा स्वार्थ समूहको गठजोड’ भएको बताएका छन् । बयान दिने क्रममा उनले ‘महाभियोग प्रस्ताव आउनुका पछाडि विभिन्न व्यक्तिको स्वार्थ जोडिएको’ टिप्पणी गरेका हुन् । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.