काठमाडाैं, भदाै १३ः मिति २०७९ भदाै १२ गतेदेखि नेपाल भ्रमणमा रहेको मित्रराष्ट्र भारतको National Defence Course (NDC)-62 को भ्रमणदलका प्रमुख Air Vice Marhsal Tej Bir Singh ले साेमबार प्रधानमन्त्री तथा रक्षामन्त्री श्री शेर बहादुर देउवा र माननीय अर्थमन्त्री श्री जनार्दन शर्मासँग सम्बन्धित मन्त्रालयहरुमा शिष्टाचार भेटघाट गरेका छन् ।
उक्त शिष्टाचार भेटघाट पूर्व भ्रमणदलले जङ्गी अड्डाको भ्रमण गरेको थियो । भ्रमणको क्रममा भ्रमणदलका सदस्यहरु नेपाली सेनासँग सम्बन्धित विषयहरुमा आधारित प्रस्तुतिकरण तथा अन्तरक्रियात्मक कार्यक्रममा सहभागी भएका थिए । सोही क्रममा, उक्त भ्रमणदलका प्रमुखले प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मासँग जङ्गी अड्डामा शिष्टाचार भेटघाट समेत गर्नु भएको थियो ।
साथै, उक्त भ्रमणदलले पोखरास्थित नेपाली सेनाको मध्य कमाण्ड हे.क्वा., काठमाण्डौं दरवार स्क्वायर, लुम्बिनी, नाम्चे बजार तथा काठमाण्डौं र पोखरामा अवस्थित विभिन्न पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण सम्पन्न गरी मिति २०७९ भदाै १६ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।
विगतदेखि नै प्रचलनमा रहेको यस प्रकारको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई थप सुदृढ पार्नुका साथै आपसी सम्बन्धलाई थप उचाईमा पुर्याउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको बताइएकाे छ ।