भारतमा संचालित National Defense Course-62 का भ्रमणदलको नेपाल भ्रमण

रिपोर्ट नेपाल | 2022 Aug 28 | 05:32 pm 1837

काठमाडाैं, भदाै १२ः मित्रराष्ट्र भारतको नयाँ दिल्लीस्थित National Defence College मा संचालित National Defence Course-62 मा सहभागी शिक्षार्थीहरु सहित ३१ सदस्यीय भ्रमणदल मिति २०७९ भदाै १२ गतेदेखि १६ गतेसम्म नेपाल भ्रमण गर्ने योजना अनुरुप आइतबार Air Vice Marhsal Tej Bir Singh को नेतृत्वमा नेपाल आगमन भएका छन् ।

पाँच दिवसीय भ्रमणको क्रममा उक्त भ्रमणदलले मिति २०७९ भदाै १३ गते  प्रधानमन्त्री तथा
रक्षामन्त्री, माननीय अर्थमन्त्री र माननीय परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेटघाट गर्नुका साथै सोही दिन जङ्गी अड्‍डाको भ्रमण गर्ने कार्यक्रम रहेको छ भने मिति २०७९ भदाै १४ गते पोखरास्थित श्री मध्य कमाण्ड हे.क्वा.को भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

साथै, उक्त भ्रमणदलद्वारा पशुपतिनाथ मन्दिर, काठमाण्डौं दरवार स्क्वायर, लुम्बिनी लगायत काठमाण्डौं र पोखरामा अवस्थित विभिन्न पर्यटकीय स्थलहरुको अवलोकन गर्ने कार्यक्रम समेत
रहेको छ ।

विगतमा पनि विभिन्न मित्रराष्ट्रहरुमा संचालित उच्चस्तरका सैनिक तालिममा सहभागी शिक्षार्थीहरुले नेपालको भ्रमण गर्ने प्रचलन रहि आएको छ । छिमेकी मित्रराष्ट्रहरुबाट हुने यस किसिमको भ्रमणले दुई देश बीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवं बृहत्तर पार्न थप मद्दत पुग्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.