नेपाल मगर संघ उदयपुर–काठमाडौं सम्पर्क समितिको प्रथम अधिवेशन सम्पन्न

| 2022 Aug 27 | 11:51 pm 3877

काठमाडौं, भदौ ११ः उदयपुरको विभिन्न स्थानमा स्थायी घरभई हाल काठमाडौंमा अस्थायी कर्मथलो बनाई बसेका तथा उच्च शिक्षा हासिल गर्ने सिलसिलामा बसोबास गर्दै आएका उदयपुरे मगरहरूको छाता संगठन नेपाल मगर संघ उदयपुर–काठमाडौं सम्पर्क समितिको प्रथम अधिवेशन शनिबार काठमाडौंको गंगबु स्थित गुरुङ राष्ट्रिय परिषदको हलमा सम्पन्न भएको छ ।

No description available.

शेरबहादुर बलम्पाकी मगरको सभाध्यक्ष रहेको उक्त अधिवेशनको प्रमुख अतिथिमा नेपाल मगर संघ केन्द्रीय समितिका अध्यक्ष ज्ञानेन्द्र पुन मगर रहेका थिए भने विषेश अतिथिमा नेपाल मगर संघ केन्द्रीय समितिका उपमहासचिव तथा सम्पर्क समन्वयका अध्यक्ष मेघराज खपाङ्गी मगर र मेघा क्याम्पसका भाइस प्रिन्सिपल डा. नारायण थापा मगर, अतिथिहरुमा नेपाल मगर संघ केन्द्रीय सदस्य तथा सम्पर्क समन्वय संचार सचिव झलक थापा मगर, बाग्लुङ–काठमाडौं सम्पर्क समितिकी अध्यक्ष बुद्धीमाया पुन, नेपाल मगर संघ केन्द्रीय सदस्य मिलन मगर तथा अन्य केन्द्रीय सदस्य लगायत नेपाल मगर विद्यार्थी संगठनका प्रतिनिधिहरुको आतिथ्य रहेको थियो ।

No description available.

सम्पन्न अधिवेशनलाई सम्बोधन तथा शुभकामना दिने क्रममा प्रमुख अतिथि नेपाल मगर संघ केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुन मगरले मगर जातिको बारेमा मगर जाति के हो ? कस्तो समुदाय हो र मगर जातिमा हुनुपर्ने विशेषता छ कि छैन भन्ने जस्ता विषयमा केही व्याख्या गरेका थिए । त्यसैगरी हामी मगर भएपछि मगर संगठनमा जानुपर्ने र मगर भएर आफ्नो भाषाको भरपुर प्रयोग गरी मगरको पहिचान दिन पनि अध्यक्ष पुन मगरले जोड दिए । नेपालका मगर जातिले कुल संख्याको ४२ प्रतिशतले मात्र आफ्नो भाषा प्रयोग गर्ने गरेको अध्यक्ष पुनले बताए ।

No description available.

त्यसैगरी शुभकामना मन्तव्य दिने क्रममा मेगा क्याम्पसका भाइस प्रिन्सिपल डा. नारायण थापा मगरले मगर जातिका समुदाय अझै अन्य जातिका समुदाय जस्तो पृथक भई नसकेको र अब मगर पहिचान, भाषा, संस्कृति, संस्कारहरुको बारेमा विश्वविद्यालय स्तरको पाठ्यक्रममै राखिनु पर्ने भएकोले यसको बारेका कुरा राखिसकेको पनि प्रिन्सिपल मगरले बताए । साथै आगामी दिनका लागि चयन हुने सम्पूर्ण सम्पर्क समितिका पदाधिकारीहरुलाई अग्रिम शुभकामना समेत दिएका थिए ।

Open photo

अधिवेशनबाट चौध सदस्यीय नयाँ उदयपुर काठमाडौं सम्पर्क समिति चयन गरी पदीय जिम्मेवारी दिइएको छ । नयाँ सम्पर्क समितिको अध्यक्ष केशव लुङ्गेली मगर, उपअध्यक्ष भुवन मगर, महिला उपअध्यक्ष अनु मगर, सचिव गणेश मगर, सह सचिव सीता मगर, कोषाध्यक्ष दान बहादुर मगर, सहकोषाध्यक्ष रोज कुमार मगर, सदस्यहरु प्रेम मगर, गीता मगर, चित्रमाया मगर, महेन्द्र पुलामी मगर, दिपक मगर, बद्री लायो मगर र सन्दीप मगरलाई चयन गरिएको हो ।

No description available.

समिति चयन पश्चात् सम्पूर्ण पदाधिकारीहरुलाई खादा लगाई आफ्नो पदीय जिम्मेवारीको सपथ खुवाइएको थियो ।

No description available.

कार्यक्रमा गणेश मगरले स्वागत मन्तव्य दिएका थिए भने सभाध्यक्ष रहेका शेरबहादुर मगरले आफ्नो तार्किक भनाई सहित अधिवेशनलाई समापन गरेका थिए । उक्त कार्यक्रमको संचालन केशब मगरले गरेका थिए ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.