काठमाडाैं, भदाै १०ः अवैध सुन सहित एक महिला त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट पक्राउ परेकी छन् । पक्राउ पर्नेमा भक्तपुर न.पा.वडा नं.८ सुकुलढोका स्थायी वतन भएकी वर्ष ५६ की कबिता श्रेष्ठ रहेकी छन् ।
मिति २०७९ भदाै ९ गते फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाण्डौ आगमन भएकी यात्रु श्रेष्ठले Slacks भित्र डाईपरमा सुन जस्तो देखिने पहेँलो रंगको अर्धठोस बस्तु पोका थान-१ को अन्दाजी तौल ७७० ग्राम (प्लाष्टिक सहित) अबैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा प्रहरीले फेला पारेकाे थियाे ।
उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको बताइएकाे छ ।