इनेष्पेक्टर साहको लाइनले सर्लाहीबाट तस्करी

रिपोर्ट नेपाल | 2022 Aug 26 | 03:19 pm 2397

जनकपुर, भदौ १०ः प्रदेश नम्बर दुईका डिआइजी मसउद आलम खाँ ले सादा पोशाकका प्रहरी प्रयोग गरेर तस्करले लाइन खोलेको रिपोर्ट नेपालमा समाचार प्रकाशित भएपछि डिआइजी खाँ का असुली कर्ताले नाटकीय ढंगले वीरगंजका व्यपारी मदन गुप्ताको गोदामबाट केही पोका सामान उठाएको समाचार प्राप्त भएको छ ।

वीरगंजमा सामान समाए जस्तो गरेपनि सर्लाहीको मलंगवाबाट तस्करको लाइन खोलिएको छ ।

प्रदेश कार्यालयमा हाजिरी गरेर सप्तरी देखि वीरगंजसम्मका नाकाबाट लाइन खुलाउन इनेष्पेक्टर उमाशंकर प्रसाद साह, असई श्याम सुन्दर साह, हवल्दार जयमंगल सिंह सकृय भएर लागि परेका छन् ।

सर्लाहीको मलंगवाबाट सुनिल जयसवाल, प्रदीप गुप्ता, प्रकाश गुप्ता, राजेश गुप्ता लगायतका व्यपारीलाई लाइन दिएको छ । यतिखेर मलंगवाबाट मल, चिनी र कपडाको तस्करी व्यापक रुपमा भइरहेको छ ।

तत्कालिन आइजीपी शैलेस थापा क्षेत्रीले प्रहरी संगठनको बदनाम गरेको भनेर लखेटिएका प्रहरी अहिले दुई नम्बर प्रदेशका हर्ताकर्ता भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.