काठमाडौं, भदाै ९ः एकीकृत समाजवादी पार्टीले बिहीबार पहिलो स्थापना दिवस मनाएको छ । एकीकृत समाजवादी पार्टीको पहिलो स्थापना दिवस कार्यक्रममा चार पूर्वमन्त्री उपस्थित भएनन् ।
पार्टी स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा पूर्व मन्त्री चारजना नेता कतै देखिएनन् । चार मन्त्री फिर्ता प्रकरण भुसको आगो झैं झन् झन् गढिँदै गएको पाइएको यो प्रकरण अझै सेलाउन नसकेको देखिएको हो ।
पूर्वमन्त्री रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेम आले र किसान श्रेष्ठ स्थापना दिवस कार्यक्रममा सहभागी नभएका हुन् । उनीहरू कार्यक्रममा नदेखिनुको कारण मन्त्रीबाट हटाएपछिको असन्तुष्टि बुझिएको छ । झाँक्री पार्टी सचिवसमेत हुन् ।
एमालेबाट विद्रोह गरेर बनेको एकीकृत समाजवादीले गत वर्ष आजकै दिन पार्टी दर्ताको प्रमाणपत्र पाएको थियो ।
एकीकृत समाजवादी अध्यक्षमा माधवकुमार नेपाल र नेतामा झलनाथ खनाल छन् । उक्त पार्टीमा १७ जना पदाधिकारी छन् ।